सीआईबी प्रमुखमा दिपक थापा, ३ एआईजीको सरुवा

नेपाल प्रहरीका ३ अतिरिक्त महानिरीक्षक ९एआईजी०हरुको सरुवा भएको छ ।

आज बसेको मन्त्रिपरिपद् बैठकले तीन एआईजीको सरुवा र एक जनाको डीआईजीको एआईजीमा बढुवा गरेको हो ।

सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार मन्त्रिपरिषद् बैठकले डीआईजी रामदत्त जोशीलाई एआईजीमा बढुवा गरी आजै पदस्थापना गरिएको छ ।

जोशीलाई प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा पदस्थापना गरिएको हो ।

त्यस्तै एआईजी दिपक थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० प्रमुखको जिम्मेवारी दिइएको छ । ब्यूरोमा कार्यरत श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयस्थित समन्वय विभागमा सरुवा गरिएको छ । त्यस्तै एआईजी किरण बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको हो ।

सीआईबी प्रमुखको जिम्मेवारी पाएका थापा यसअघि उपत्यका प्रहरी कार्यालयमा कार्यरत रहेका थिए ।

सरकारले ५ महिनामा नै सीआईबी प्रमुखको हेरफेर गरेको हो ।

+