न्युयोर्कमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई भेट्ने

 अमेरिका भ्रमणमा रहनुभएको प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ।

संयुक्त राष्ट्र सङ्घको कार्यक्रममा सहभागी हुन शनिबार बिहान अमेरिकाको न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच साइडलाइन भेटवार्ताको समय तय भएको हो ।

दुई प्रधानमन्त्रीबीचको भेट नेपाली समयअनुसार सोमबार बिहान ३ः४५ बजे हुने प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ । यद्यपि समयमा केही हेरफेर हुन सक्ने सचिवालयले उल्लेख गरेको छ।

भेटमा नेपाल र भारतबीचको सम्बन्ध, दुई देशबीचको उच्चस्तरीय भ्रमण लगायत विषयमा पनि कुराकानी हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।

यसअघि मोदीसँग ओलीको भेट अनिश्चित् भएको बताईएको थियो । तर, परराष्ट्र मन्त्रालयका अधिकारीले भने दुई प्रधानमन्त्रीबीच भेटवार्ताको लागि प्रयास भने जारी राखेका थिए ।

+