विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
कांग्रेस नेता डा।शेखर कोइराला र महामन्त्री गगन थापाबीच ११ महिनापछि शुक्रबार बिहान भेट भएको छ ।
१४ औँ महाधिवेशनमा एउटै प्यानलबाट सभापति र महामन्त्रीका उम्मेदवार भए पनि दुवैले आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरेसँगै उनीहरूबीच दूरी बढेको थियो ।
जसका कारण आपसमा करिब एक वर्षसम्म भेट नगरेका उनीहरूलाई दुई मुद्दाले भेट गर्नुपर्ने अवस्था आएको हो । यी दुई मुद्दा हुन्९ अनुशासन समितिमा उजुरी र क्रियाशील सदस्यता ।
गत वर्ष असारमा कांग्रेस–एमाले गठबन्धन सरकार बनेपछि मन्त्री सिफारिस गर्नेक्रममा कोइराला र थापाबीच कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा छलफल भएको थियो, त्यसको ११ महिनापछि शुक्रबार बिहान आठ बजे थापा कोइरालाको सम्पर्क कार्यालय पुगे ।
र, त्यो छलफलमा उपसभापति धनराज गुरुङ तथा सहमहामन्त्री जीवन परियार पनि सहभागी भए ।
सार्वजनिक रूपमा नभए पनि निकटहरूसँग कोइरालाले थापाको विरोध गर्दै आइरहेका छन् ।
सभापति शेरबहादुर देउवासँग मिलेको आरोप थापामाथि छ । यस्तो अवस्थामा शुक्रबार किन भेट भयो भन्ने चासोको विषय बनेको छ ।
थापा र कोइराला दुवैसँग निकट रहेका एक नेता भन्छन्– यो भेट दुवै नेताको आआफ्नो आवश्यकताले भएको हो ।
ती नेताले भने, ‘अहिले शेखरलाई गगन र गगनलाई शेखरको आवश्यकता परेपछि भएको भेट हो यो ।
पार्टीको अनुशासन समितिमा शेखरनिकट विभिन्न जिल्लाका नेताहरूविरुद्ध उजुरी परेका छन् । ती विषय सल्ट्याउन शेखरले गगनसँग छलफल गरेका हुन् ।
यस्तै पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजक रहेका थापाले त्यो जिम्मेवारी पूरा गर्न सकिरहेका छैनन्, त्यसैले पनि उनले शेखरसँग भेट गरेका हुन् ।’
पार्टी नेता आनन्द ढुंगानको संयोजकत्वमा रहेको अनुशासन समितिमा कोइरालानिकट नेताहरूविरुद्ध उजुरी परेको विषय एकातिर छ भने स्वयम् शेखर र उनीनिकट डा। सुनील शर्मासँग स्पष्टीकरण सोध्नुपर्ने आवाज पार्टी पदाधिकारी बैठकमै उठेको छ ।
भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको विवादका विषयमा देउवानिवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक भएको थियो ।
सो बैठकमा पूर्वमहामन्त्री डा।शशांक कोइरालाले शेखर, सुनील र राजेन्द्र बजागाईंसँग स्पष्टीकरण सोध्नुपर्ने बताएका थिए ।
यी तीन नेताले गृहमन्त्रीबाट लेखकले राजीनामा दिनुपर्ने बताएकाले स्पष्टीकरण सोध्नुपर्ने उनको माग थियो ।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले लामो समयपछि भएको यो भेटघाटमा वर्तमान राजनीति र पार्टीको महाधिवेशन, क्रियाशील सदस्यतालगायतका विषयमा छलफल भएको जानकारी दिए ।
उनले ओली सरकारको विषयमा पनि छलफल भएको बताए ।
क्रियाशील सदस्यता विवाद
पार्टीको महाधिवेशन विधानअनुसार यसै वर्षको मंसिरमा गर्नुपर्ने भएपनि हालसम्म क्रियाशील सदस्यता नवीकरण तथा वितरणको विषय टुंगिएको छैन ।
र, यसको जिम्मेवारी महामन्त्री थापाले पाएका छन् । उनको समितिले पटकपटक क्रियाशील सदस्यता नवीकरण फर्म भरेर केन्द्रमा पठाउन जिल्लालाई ताकेता गरे पनि सबै जिल्लाबाट फर्म आइपुगेको छैन ।
पछिल्लोपटक नवीकरण सूची वेबसाइटमा दर्ता गर्न असार मसान्तसम्मको समय थपिएको छ ।
हाल १५ जिल्लामा क्रियाशील सदस्यताबारे विवाद छ । सोलुखुम्बू, खोटाङ, मोरङ, सप्तरी, सलार्ही, बारा, पर्सा, रौतहट, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, रूपन्देही, बाँके, प्युठान, कपिलवस्तु र सुर्खेतमा विवाद छ ।
यसरी आफ्नै नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकिरहेका बेला थापाले कोइरालाको सहयोग खोजेका हुन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.