विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सिंदरबारबाटै नियमित कामकाज सुरु गरेका छन् ।
जेनजी विद्रोहको क्रममा सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आन्दोलनकारीले क्षति पुर्याएपछि शिक्षा मन्त्रालयको कामकारबाही लैनचौरस्थित केशर महलबाट सुरु गरिएको थियो ।
सिंहदरबारस्थित मन्त्रालय काम कारबाही गर्न योग्य भएपछि मन्त्री पुनले सिंहदरबारबाटै काम शुरु गरेका हुन् ।
मन्त्री पुन गत असोज ६ गते शिक्षामन्त्री बनेका थिए । मन्त्री पुनले आफू मन्त्रालयमा नै बस्ने बताएसँगै उनलाई मन्त्रालयमा नै बस्ने व्यवस्था मिलाइएको थियो । मन्त्री पुनलाई मन्त्रालयमै खाने बस्ने व्यवस्था गरिएकोमा अहिले सिंहदरबार सरेसँगै उनका सबै सामग्रीहरु समेत सारिएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.