विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकहरूलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएका छन्। ट्रम्पले अमेरिकी नागरिकको सुरक्षाको कारण देखाउँदै १२ देशकानागरिकहरुलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
यी देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन समावेश छन्।
यसबाहेक, बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला लगायतका सात देशका नागरिकहरू आंशिक यात्रा प्रतिबन्धमा परेका छन्।
ह्वाइट हाउसले सार्वजनिक गरेको जानकारीमा यो नयाँ प्रतिबन्ध आगामी सोमबार, जुन ९ बाट लागू हुनेछ।
बीबीका अनुसार ट्रम्पको प्रतिबन्धको उद्देश्य भने अमेरिकी नागरिकलाई खतरनाक विदेशी तत्वहरूबाट सुरक्षित राख्ने रहेको जनाएको छ।
यो आदेश ट्रम्प प्रशासनको दोस्रो पटकको यस्तो कदम हो । आफ्नो पहिलो कार्यकालमा, ट्रम्पले २०१७ मा यस्तै आदेशमा हस्ताक्षर गरेका थिए।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.