विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ।
बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समितिको वार्षिक प्रतिवेदन ९आव २०८०्८१० पेश गर्नुहुनेछ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक २०८२ प्रस्तुत गर्न अनुमति माग्ने कार्यसूची रहेको छ।
यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक २०८२ माथि दफावार छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने छन् ।
सभामुख देवराज घिमिरेले संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन विधेयक राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने छन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.