विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
ललितपुरको नख्खुस्थित नख्खु खोलाले ४ जनालाई बगाएको छ ।
ललितपुर महानगरपालिका–१४ नखिपोटको नख्खु खोलाले शनिबार बिहान ४ जनालाई बगाएको हो ।
खोलाको किनारमा जस्ताको घरमाथि बसिरहेका उनीहरुलाई खोलाले बगाएको भिडियोमा देखिन्छ । उक्त भिडियोमा एक बालकसहित अन्य ३ जना जस्ताको छानोमाथि बसिरहेका थिए, तर समयमै उद्दार नहुँदा उनीहरुलाई हेर्दाहेर्दै खोलाले बगाएको हो ।
स्थानीले खबर गरेपछि उनीहरुको उद्धारका लागि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीले डोरी दिए पनि उनीहरुले समात्न नसकेका कारण उनीहरु बगेका हुन् ।
स्थानीय तहको त्यहाँ कुनै उपस्थिती नभएको र हेलिकप्टरबाट उद्धार गरिएको भए उनीहरुको ज्यान बच्न सक्ने स्थानीयले जनाएका छन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.