विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका लागि इसराइली राजदूत शमुलिक ए वासलाई विपीन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्।
केन्द्रीय कार्यालय सानेपामा बुधबार कांग्रेसले गरेको नेपाल स्टार्टअप र साना९मझौला व्यवसाय सम्मेलन उद्घाटन कार्यक्रममा सहभागी भएका राजदूत शमुलिकलाई देउवाले यस्तो आग्रह गरेका हुन्।
गत वर्ष अक्टोबर ७ देखि गाजापट्टी नजिकै इजरायली सीमा क्षेत्रबाट हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा जोशी हालसम्म पनि रिहा भएका छैनन्।
‘इसराइलमा अहिले शान्ति प्रक्रिया सुरू भएको छ। हमासले कब्जामा राखेका विपिन जोशीलाई छुटाउने काममा पनि इसराइली राजदूतले मद्दत गर्नु हुनेछ भन्ने विश्वास लिएको छु,’ देउवाले थपे, ‘मलाई आशा छ९ उहाँलाई छुटाउने काममा हामी सबै लाग्नेछौं।’
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.