विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिन्धुलीको तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका २ चियाबारीमा दुर्घटना हुँदा थप १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सिन्धुलीकै गोलन्जोर गाउँपालिका( ६ निवासी करिब ४० वर्षीय पृथ्वी भुजेल र ४२ वर्षीय उदय मगरको मृत्यु हो ।
सिन्धुलीकै तीनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो बिहीबार बिहान ९स्२० बजे वीपी राजमार्गमा पर्ने कमलामाई नगरपालिका(४ मा सडकबाट तल खसेर दुर्घटना भएको हो।
घाइते ११ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर अवस्थाका बोलेरो चालक टीकाराम राई, हिमाल परियार र पवन मस्रांगीलाई थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ ।
बाँकी ९ जना घाइतेको अवस्था भने सामान्य रहेको छ । घाइतेमध्ये धेरैको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
घाइते अधिकांश गोलन्जोरकै स्थानीय बासिन्दा हुन्। दुर्घटनापछि वीपी राजमार्ग अवरुद्ध भएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.