चार प्रदेशमा बिहानैदेखि हल्का वर्षा, दिउँसो कहाँ-कहाँ पर्ला पानी ?

हाल देशभर स्थानीय वायु प्रणालीको प्रभाव देखिएको छ भने भारतको उत्तर प्रदेश र बंगालको खाडी आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक असर परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रहरूमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही पहाडी स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ।

आजको लागि मौसम पूर्वानुमान अनुसार कोशी प्रदेश लगायत देशका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। कोशी प्रदेशका एकरदुई स्थानमा भने भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

साथै, देशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्ता मौसमी गतिविधिहरूले कृषि, स्वास्थ्य, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत असर पुर्‍याउन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गरेको छ।

+