विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
प्रधानमन्त्रीको कार्यालयले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिएको भन्ने प्रचार गलत भएको स्पष्ट पारेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आज बिहीबार एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चारमाध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ । कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीज्युको अधिकार क्षेत्रभित्रको विषय हो । कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन सक्दैन ।’
विज्ञप्तिमा जेन–जी आन्दोलनबाट व्यक्त आदेशअनुरुप योे सरकार गठन भएको भन्दै गृहमन्त्री अर्याल घोषित निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउन, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरुको मनोबल उच्च राख्न अहोरात्र खटिरहेको पनि स्पष्ट पारिएको छ ।
यस्तो छ विज्ञप्ति

हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.