विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
सहकारी ठगीमा संलग्न कांग्रेस सासद माया राई पक्राउ परेको सूचना नेपाल प्रहरीले संसद सचिवालयलाई गराएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार नै संघीय संसद सचिवालयमा पत्र पठाएर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी गराएको हो ।
सत्ताको आडमा ‘पक्राउ नगरिएको’ बताइँदै आएका कांग्रेस समानुपातिक सांसद राईलाई शनिबार कपनबाट पक्राउ गरेको हो ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको ठगीमा उनको संलग्नता पुष्टि हुँदा पनि पक्राउ गर्न चासो नदिएको भन्दै सरकार र प्रहरी संगठनको नै विरोध भइरहेको थियो ।
स्वर्णलक्ष्मी सहकारीको दुई कार्यकाल सञ्चालक बसेकी उनीमाथि त्यही समयमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप लाग्दै आएको थियो । सो सहकारीको दुई अर्ब ६५ करोड हिनामिनामा उनी पनि मुछिएकी हुन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.