२४ साउन, काठमाडौं । नेपाली सेनाको कायमुकायम प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् ।"> २४ साउन, काठमाडौं । नेपाली सेनाको कायमुकायम प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् ।"> २४ साउन, काठमाडौं । नेपाली सेनाको कायमुकायम प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् ।" />

प्रधान सेनापति अशोकराज सिग्देलले बुझे कार्यभार बुझबुझारथ

२४ साउन, काठमाडौं । नेपाली सेनाको कायमुकायम प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् । प्रधानसेनापति महारथी प्रभुराम शर्माले बिहीबार सिग्देललाई कार्यभार बुझबुझारथ गरेका छन् ।

शर्मा नेपाली सेनाबाट २५ भदौदेखि अनिवार्य अवकाशमा जान लागेका  छन् । त्यसअघि भोलिदेखि बिदामा बस्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसअघि साउन १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेका थिए । सहायक सेनानीबाट नेपाली सेनामा सेवा सुरु गरेका शर्माले झन्डै ४१ वर्षपछि अवकाश पाउन लागेका हुन् ।

+