विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
प्रधानमन्त्री केपी ओलीले न्यूयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द भएको छ।
न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले सूचना जारी गर्दै सुरक्षा संवेदनशीलताका कारण प्रधानमन्त्री ओलीले नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द गरिएको जानकारी दिएको हो।
‘सम्माननीय प्रधानमन्त्री श्री केपी ओलीज्यू तथा माननीय परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाज्यूको संयक्त राष्ट्र संघको महासभा, भविष्यको शिखर सम्मेलन तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ।
यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट यस महावाणिज्यदूतावास दुःख प्रकट गर्दछ,’ नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले जारी गरेको सूचनामा भनिएको छ।
दूतावासले कस्तो सुरक्षा संवेदनशीलता सिर्जना भयो, खुलाएको छैन। तर, नेपाली समुदायबाटै प्रधानमन्त्री ओलीको विरोधको तयारी गरिएपछि कार्यक्रम स्थगित गरिएको चर्चा छ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.