कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना, सजग रहन मौसम विभागको अनुरोध

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकरदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा ठूलो वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

+