विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
वैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी ९म्यानपावर० कम्पनीको कारोबार रोक्का गरेको छ।
विभागले एक सूचना प्रकाशित गर्दै वैदेशिक रोजगार विभागमा दर्ता भई हाल खारेज भएका ५८४ म्यानपावर कम्पनीको कारोबार रोक्का गरिएको जनाएको हो।
विभागले दर्ता भई कारोबार रोक्का गरिएका कम्पनीले रोक्का तथा फुकुवा नभएसम्म श्रमिक विदेश पठाउन पाउने छैनन्।
विभागका निर्देशक एवं प्रवक्ता गुरुदत्त सुवेदीले कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनी डेढ दशकदेखि सञ्चालन भएका जानकारी दिए।
उनका अनुसार कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनीले युवालाई झुटा आश्वासन देखाएर विदेश पठाउने गरेको सूचना आएकाले सचेतनाका लागि यो सूचना जारी गरिएको हो।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.