विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
कञ्चनपुरको बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायक दश वर्षअघि वैदेशिक रोजगारीमा जाने योजनाका साथ काठमाडौं पुगेका थिए ।
काठमाडौंको एक ‘पोलिहाउस’मा टमाटरखेती देखेपछि उनी स्वदेशमै खेती गर्ने योजना बनाएर फर्किए ।
काठमाडौंबाट टमाटरको बिउ लिएर कञ्चनपुर फर्किएका उनले त्यसयता विदेश जाने योजना बनाएनन् ।
काठमाडौंबाट फर्किएपछि सुरुमा आधा कट्ठा जमिनमा तीनवटा पोलिहाउस बनाएर टमाटरखेती गरेँ,’ वडायकले विगत सम्झँदै भने, ‘खेतीबाट फाइदा भएन, त्यसपछि तालिम लिएर खेती गर्छु भनेर भारतको पन्तनगर गएर दुई दिनको तालिम लिएँ ।’
तालिमपछि खेतीमा लागेका वडायकले खेतीबाटै आम्दानी गरेर एक करोड रुपैयाँ बढीको कृषि यन्त्र जोडेका छन् ।
उनी हाल वार्षिक २६ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । उनले आफ्नो र भाडामा गरी नौ बिघा जग्गामा उखु, तोरी, मुसुरो र धानखेती जस्ता कृषि उपज उत्पादन गर्दै आएका छन् ।
वडायकले भने, ‘खेती विस्तार गरेर वार्षिक रु एक करोडसम्म कमाउने लक्ष्य राखेको छु ।’ उनले खेतीका लागि अत्याधुनिक कृषि उपकरण भित्र्याएर काम गरिरहेको जानकारी दिए ।
उनले हालसम्म खेतीबाट प्राप्त आम्दानीले एक करोड बढी मूल्यका कृषियन्त्रहरू खरिद गरेका छन् ।
उनले भने, ‘ड्रोनको प्रयोग खेतीमा सहज हुने भएकाले गत वर्ष मात्रै दश लाख रुपैयाँमा ड्रोन खरिद गरेको छु ।’
उनले ड्रोनको प्रयोगबाट खेती गर्दा लागत कम हुनुका साथै उत्पादन समेत वृद्धि भएको बताए । उनले भारतका विभिन्न शहरमा व्यावसायिक खेतीको तालिम लिएका छन् ।
दुई वर्ष भारतको साझनपुरमा उखुखेतीसम्बन्धी तालिम लिएँ, महाराष्ट्रको साङ्लीमा व्यावसायिकखेतीको तालिम लिएर यहाँ आएपछि खेतीमा सजिलो भयो,’ वडायकले भने ।
उनका अनुसार ड्रोनले मानिसले भन्दा धेरै छिटो काम गर्छ यसबाट बिउविजन र विषादीलगायत आवश्यक कीटनाशक औषधि छर्कने गरेका छन् ।
उनी भन्छन्, ‘ड्रोनको प्रयोगले विषादी छर्किँदा मानिसले भन्दा राम्रो छर्किने र किसानको स्वास्थ्यमा विषादीले पनि असर गर्दैन ।’
ड्रोनको प्रयोगले बिउविजन र विषादी छर्किँदा थोरै लागतमा धेरै काम गर्न सकिने उनको भनाइ छ ।
उनलाई खेतीमा उनका परिवारका सदस्यहरूले समेत सहयोग गरेका छन् । उनले ‘सिजन’को बेला ३० देखि ४० जनालाई रोजगारी दिने गरेका छन् ।
‘सामान्य किसानले एक बिघा जग्गामा रु दुईदेखि तीन लाखसम्मको उत्पादन गर्ने गरेकोमा मैले एक बिघामा करिब १४ लाख रूपैयाँसम्मको उत्पादन गर्ने लक्ष्य लिएको छु,’ वडायकले भने, ‘प्राविधिक कुरामा मात्रै ध्यान दिन सके राम्रो उत्पादन हुन्छ ।’ उनले उत्पादन गर्न सके बजारको समस्या भने नरहेको बताए ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.