मुख्यसचिव गड्तौला पर्सिदेखि अवकाशमा जाँदै, नयाँ मुख्यसचिवमा एकनारायणको प्रबल सम्भावना

मुख्यसचिव लीलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण पर्सि शनिबार ९भदौ १५ गते० अनिवार्य अवकाशमा जाने भएपछि सरकारले सम्भवतः आज नै नयाँ मुख्यमन्त्री नियुक्त गर्ने भएको छ ।

आज बिहीबार साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रबल सम्भावना रहेको समाचार स्रोतको दाबी छ ।

मुख्यसचिवको दौडमा गृहसचिव एकनारायण अर्याल, राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल प्रतिस्पर्धामा छन् ।

स्रोतका अनुसार, गृहसचिव अर्याल नै २८औँ मुख्यसचिव बन्ने सम्भावना प्रबल रहेको प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जानकारी दियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने आजको बैठक नियमित भनिए पनि मुख्यसचिव नियुक्ति बैठकको एजेन्डासमेत रहेको स्रोतको भनाइ छ ।

+