विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
बीपी राजमार्गमा पर्ने काभ्रेको माम्ती खोलामा खसेको पहिरो हटाएपछि आज बिहानबाट गाडी चल्न थालेका छन्।
आइतबार राति साढे १० बजेतिर वर्षासँगै आएको भेलले सडक कटान गर्दा रोसी गाउँपालिका( ११ माम्तीमा रातभर सवारी साधन अवरुद्ध भएका थिए।
बाढीले कटान गर्दा अवरुद्ध बनेको सडक २ वटा जेसीभीको सहायतामा मर्मत गरेपछि आज बिहान ६ बजेबाट गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
माम्तीमा अहिले दुईतर्फी नै गाडीहरू चलिरहेका छन्।
त्यसैगरि रोसी गाउँपालिका( ९ पिन्थली, रोसी ९ कै बिरुवाडाँडा र कालढुङगामा पनि पहिरो खसेर अवरुद्ध भएको बीपी राजमार्गमा गाडीहरु चल्न थालेका प्रहरीले जनाएको छ।
जेसीभीको सहायतमा तीनै ठाउँको पहिरो हटाएपछि गाडी चल्न थालेका हुन्।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.