विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा। सुधा शर्मा गौतमले जेनजी आन्दोलनका शहीद र घाइतेहरुको बलिदान खेर जान दिन नहुने बताएकी छिन् ।
सोमबार बिहान सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएकी हुन् ।
उनले केएमसी अस्पतालले जेनजी आन्दोलनका क्रममा घाइते भएका ८३ जनाको उपचार गरेको र २ जना मात्रै अहिले उपचाररत रहेको बताइन् । उपचाररत घाइते मध्ये एक जना महिला रहेको र उनीमाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको पाएको बताइन् । अर्को एक घाइते गोली लागेर उपचाररत रहेको जानकारी दिइन् ।
दुवै घाइतेको अवस्था सुधारोन्मुख रहेको बताइन् । शहीदको बलिदान खेर जान नदिनेतर्फ आफूहरु सचेत रहेको र जेनजीहरुको भ्रष्टाचार हुनु नहुने, सुशासन कायम हुनुपर्ने मागलाई बिर्सन नहुने बताइन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.