सहकारीको बचत रकम दुरुपयोग छानविन गर्न गठित विशेष समितिले पूर्वगृहमन्त्री लामिछानेसँग लियो बयान

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान लिएको छ ।

शुक्रबार सिंहदरबारमा जारी समितिको बैठकले गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसँग बयान लिइरहेको छ ।

पत्रकारिता पेशामा रहँदा लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ ।

पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको उनीहरुमाथि आरोप लाग्दै आएको छ ।

नरेशलाई आज शुक्रबार अदालतमा पेस गर्ने प्रहरीले जनाएको छ । उनीहरूकी एक वर्षीया छोरीलाई समाज सेवा विभागको संरक्षणमा राखिएको छ ।

+