विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
बुटवल / सिद्धार्थ राजमार्गअन्तर्गत ब">
बुटवल / सिद्धार्थ राजमार्गअन्तर्गत ब">
बुटवल / सिद्धार्थ राजमार्गअन्तर्गत ब" />
बुटवल / सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि अनिश्चितकालसम्म राति सवारी साधन चलाउन रोक लगाइएको छ । स्थानीय प्रशासनले पाल्पाको तिनाउ गाउँपालिकाको हिउँदे खोलामा सडक भासिएको भन्दै सम्भावित क्षतिबाट जोगाउन अनिश्चितकालसम्म रातिको समयमा सवारी साधन सन्चालनमा रोक लगाएको हो । साउन ९ गते बुधबार बेलुका ७ देखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्म सबैखाले सवारी साधन आवतजावत बन्द गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपरेमा स्थानीय प्रशासनसँग अनुमति लिन आग्रह गरिएको छ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण हिउँदे खोला खण्डमा सडक भासिएकाले एकतर्फी रुपमा मात्रै सवारी साधन संचालनमा छ । डाइभर्सनका लागि सडक बनाउने काम भइरहेको छ । सडक अत्यन्तै जोखिमपूर्ण रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले आग्रह गरेको छ । हाम्रो बारे हाम्रो टिम © 2024, Newsdhar. All rights reserved.बुटवल–पाल्पा सडकखण्डमा राति सवारी साधन चलाउन रोक
आजका समाचार
Search Your Cake even faster!