विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
हेटौँडा(काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक खण्डमा सवारी आवागमन बन्द हुनेभएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन(बगुवा सडक खण्डमा सडकको चौडाइ विस्तारका लागि सवारी आवागमन बन्द हुने जानकारी दिएको हो।
ठिङ्गन९बगुवा सडकखण्ड अन्तर्गत गङ्गटे नजिकैको भर्याङडाँडामा सडक विस्तारको लागि चट्टान कटानको कार्य गरिने भएकाले कान्ति लोकपथ सडक खण्डमा सवारी आवागमन बन्द रहने उल्लेख छ।
वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन उक्त सडक खण्डमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द रहने जारी सूचनामा उल्लेख छ।
सडक बन्द हुने अवधिमा काठमाडौँ(हेटौडा वा हेटौँडा(काठमाडौँ यात्रा गर्नुपर्ने सवारी साधनले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले आग्रह गरेका छन् ।

हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.