विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले सोमबार मध्यराति ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरमा छापा हानेको छ । सो क्रममा प्रहरीले ५३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सीआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० दीपक थापाका अनुसार, पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक र अन्य नेपाली छन् ।
उनीहरुको साथबाट ८५ वटा ल्यापटपका साथै ८२ वटा मोबाइल बरामद भएको थापाले बताए । पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.