विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
२९औँ दिन बुधबारसम्म आन्दोलनरत शिक्षकहरुले आजबाट आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका मागहरु लिएर शिक्षकहरुले गत चैत २० गतेबाट आन्दोलनरत रहेका थिए । यसबिचमा पटकपटक छलफल भए पनि शिक्षकहरु आश्वस्त हुन नसक्दा सहमति हुन सकेको थिएन ।
बुधबार राति शिक्षा मन्त्रालयमा भएको छलफलपछि सरकार शिक्षा ऐन जारी गर्न तयार भएको हो । सरकारले आगामी असार १५ गतेसम्म शिक्षा ऐन जारी गर्ने बचनसहित विभिन्न ९ बुँदामा सहमति भएसँगै आजबाट आन्दोलनका कार्यक्रम समेत फिर्ता भएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.