विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ शनिबार गाई पूजा गरेका छन् । कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन शनिबार देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ।
राष्ट्रपति पौडेलले शीतलनिवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएको उनको सचिवालयले जनाएको छ। श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र गाई तिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ।
यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ । तिहार अर्थात् यम पञ्चक अन्तर्गत आजै गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.