विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्नेछन् ।
छलफलका क्रममा सांसदले उठाएका प्रश्नहरूको प्रधानमन्त्री केपी ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।
त्यसपछि नीति तथा कार्यक्रममाथि दर्ता गरिएका संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जानकारी दिएको छ ।
यस वर्ष नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।
प्रतिनिधिसभामा २२ वैशाखदेखि यसबारे छलफल सुरु भएको थियो ।
सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।
आजैदेखि संसदमा आगामी आर्थिक वर्ष २०८२र८३ का लागि प्रि–बजेट छलफल पनि सुरु हुँदैछ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्तावबाहेक० सम्बन्धमा छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.