विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
माघ लागेपछि सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम लगातार दोस्रो दिन बढेको छ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज ९माघ २ गते० बिहान ५स्४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४।४ डिग्री सेल्सियस देखिएको हो।
हिजो ९माघ १ गते० यो समय काठमाडौँको न्यूनतम तापक्रम ४।३ डिग्री सेल्सियस थियोे। यद्यपि बिहान ८स्४५ बजे बिहीबार काठमाडौँको न्यूनतम तापक्रम ३।६ डिग्री सेल्सियस कायम भएको थियो।
आज ९शुक्रबार० को आधिकारिक न्यूनतम तापक्रम पनि उक्त समयमा पुनस् मापन हुनेछ। त्यतिबेला बिहान ५स्४५ बजेको सुरुवाती मापनको भन्दा काठमाडौँको न्यूनतम तापक्रम घट्ने सम्भावना हुन्छ।
यसअघि पुस ३० गते ९बुधबार० सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम २।७ डिग्री सेल्सियस थियो भने पछि बिहान ८स्४५ बजे घटेर २।३ डिग्री सेल्सियस कायम भएको थियो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८स्४५ बजे र अधिकतम तापक्रम साँझ ५स्४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
मौसमविद्का अनुसार रातभर आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा बस्यो भने घट्छ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.