प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराउने समय आजसम्म मात्र

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दलहरूले आज अन्तिम दिन दल दर्ता गर्न पाउने भएका छन् ।

 निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने प्रक्रिया आजसम्म खुला रहने आयोगले जनाएको छ । 

आयोगमा पहिले दर्ता भएका दलहरूले पनि निर्वाचनमा भाग लिन फेरि दर्ता गराउनुपर्ने प्रावधान रहेको छ  ।

हाल आयोगमा कुल १३४ दल दर्ता भइसकेका छन् । तीमध्ये मंगलबारसम्म ८० दलले निर्वाचनमा भाग लिन दर्ता गराइसकेका छन् ।




+