विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा घोषणा गरिएको मितिमा निर्वाचन सम्पन्न गराएर युवाशक्तिको हातमा सत्ता सुम्पिनुपर्ने सरकारको मुख्य दायित्व भएको बताएकी छन् ।
ज्यापु संस्कृति विकास कोषको आयोजनामा आज काठमाडौंमा सम्पन्न २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकारले निर्वाचन सम्पन्न गर्न पूर्ण तयारीमा रहेको पनि बताएकी हुन् ।
उनले भनिन्, ‘भदौ २३ र २४ को जेनजी आन्दोलनले देखाएका भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी, गास, बास, कपास सुनिश्चितता जस्ता मागहरुलाई पूरा गर्न सबैले कटिबद्ध भएर आफ्नो भूमिका निभाउन आवश्यक छ। आगामी फागुन २१ मा आम निर्वाचन सम्पन्न गराएर मुलुकलाई तीव्र विकासको मार्गमा अघि बढाउनु हाम्रो दायित्व हो ।’
प्रधानमन्त्री कार्कीले संस्कृतिको संरक्षण र पर्यटनसँग जोड्नुपर्नेमा पनि जोड दिइन् । यस अवसरमा उनले उपत्यकाका नेवार समुदायलाई योमरी पुन्ही र ज्यापु दिवसको शुभकामना पनि व्यक्त गरिन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.