विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेपाली कांग्रेसले चुनावी प्रतीज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ।
बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतीज्ञा पत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका हुन्।
आज दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रियसभा गृहमा हुने ‘हाम्रो प्रतीज्ञा तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञा पत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने भएका छन्।
सभापति थापाले ठस्लो एलईडी स्क्रिनमार्फत प्रतीज्ञापत्रको संक्षेपमा जानकारी गराउने कार्यक्रम रहेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताए।
प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रूपमा प्रश्न गर्न सकिने र त्यसमा सभापति थापाले जवाफ दिने व्यवस्था रहेको उनले जानकारी दिए।
कार्यक्रम स्थल राष्ट्रिय सभागृहमा सहभागीहरूबाट प्रश्न लिने र त्यसको जवाफ सभापतिले थापाले दिने व्यवस्था मिलाइएको छ।
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने र आगामी पाँच वर्षमा गर्ने योजनाको खाका प्रतीज्ञापत्रमार्फत सार्वजनिक गरेको छ।
कांग्रेसका अनुसार प्रतीज्ञापत्रमा समेटिएका विषयलाई आम नागरिकले प्रश्न गर्न र जिज्ञासा राख्न पाउने छन्।
नेपालको राजनीतिक इतिहासमा चुनावी घोषणापत्रका बारेमा नागरिकले प्रश्न गर्ने र सम्बन्धित दलका नेताले सार्वजनिक र प्रत्यक्ष रूपमा जवाफ दिने अभ्यास पहिलोपटक हुन लागेको हो।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.