विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले इमानदारितापूर्वक काम गर्न खोजे पनि त्यो अवसर नदिइएको बताएका छन् ।
चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले राजनीति सहज नभएको अनुभव सुनाए ।
उनले चितवनलाई नेपालको राजनीतिक इतिहास लेखिने थलोका रूपमा उल्लेख गर्दै अब यो क्षेत्र राजनीतिको केन्द्र बन्दै गएको दाबी गरे ।
मतदातासँग भावुक अपिल गर्दै उनले भने, ‘दुख मैले पाए पनि आँखा तपाईँका भिजेका छन् । घाउ मलाई लागे पनि पीडा तपाईँलाई छ। तर त्यति दुख्नै पर्थ्यो मलाई । आराम खोजेको भए सरकार ढल्न दिइँदैन थियो, छलेका पैसामा भाग खोजिन्थ्यो होला । हामीले भाग खोजेनौँ, तर देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्याउने गरी काम गर्यौँ ।’
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.