विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन्द्र साह९बालेन०ले प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साहले मनोनयन दर्ता गराएका हुन् । यसअघि जनकपुरमा पार्टी सभापति रवि लामिछानेबाट टिकट प्राप्त गरेका साहले उम्मेदवारी दर्तापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तनको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
झापा–५ लाई राष्ट्रिय राजनीतिको केन्द्रका रूपमा हेरिएको छ । यही क्षेत्रबाट नेकपा ९एमाले०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग साहको प्रत्यक्ष प्रतिस्पर्धा हुने निश्चित भएको छ । ओलीले पनि यही क्षेत्रबाट उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेको जनाइएको छ ।
दुवै नेताले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ सर्वाधिक रोचक र चासोको केन्द्र बनेको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.