विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
बारामा धारिलो हतियार प्रहारबाट आमा–छोराको हत्या भएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीका ३२ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ५२ वर्षीया सुमित्री देवी रहेका छन् ।
घटना आज बिहान करिब ३ बजेतिर भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजय राज पण्डितले लोकपथलाई जानकारी दिए ।
घटनामा घाइते भएका तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
डीएसपी पण्डितले भने, ‘हामी अहिले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेका छौँ ।’
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.