विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय ९त्रिवि० क्रिकेट रङ्गशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ । सहरी विकास मन्त्रालयले रङ्गशालासम्बन्धी आयोजनालाई राष्ट्रिय प्राथमिकता सूचीमा समावेश गरेको हो ।
वर्तमान सरकारले गत असोज महिनाको अन्तिम साता त्रिवि क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै सोही अनुसार नयाँ सम्झौता प्रक्रिया अघि बढाउन सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएको थियो ।
मन्त्रिपरिषद् बैठकले स्वीकृत गुरुयोजना कार्यान्वयनका लागि आवश्यक जग्गा प्राप्ति गर्न कानुनबमोजिम त्रिवि, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० लगायत सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।
स्वीकृत गुरुयोजनाअनुसार रङ्गशालाको पूर्वाधार विकासका लागि थप १० अर्ब रुपैयाँ लगानी गर्ने योजना रहेको छ । सो लगानीपछि रङ्गशालाको क्षमता उल्लेखनीय रूपमा वृद्धि भई अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक क्रिकेट रङ्गशालाका रूपमा विकास गरिने जनाइएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.