विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेपाल प्रहरीका सहायक निरीक्षक ९असई० पुष्कर कार्कीले आफ्नै चार महिने बिरामी छोराको हत्या गरेका छन् ।
असई कार्कीले आइतबार दिउँसो सिनामंगलस्थित आफ्नो डेरा कोठामा घाँटी थिचेर काखे छोराको हत्या गरेका हुन् । उनका छोरा ब्रेन ट्युमरबाट पीडित थिए ।
छोराको उपचारका क्रममा श्रीमती कृष्णा कुँवरसँग विवाद बढेपछि कार्कीले छोराको हत्या गरेको प्रहरीले बताएको छ ।
उनले श्रीमती कृष्णालाई पनि कुटपिट गरेर घाइते बनाएका थिए । अहिले कृष्णालाई उपचारका लागि महाराजञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।
असई कार्कीकी श्रीमती कृष्णा पनि प्रहरी जवान हुन् । दुवै जना काठमाडौंस्थित विमानस्थलमा कार्यरत छन् ।
छोराको हत्यापछि फरार रहेका असई कार्कीलाई नागढुंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । उनलाई परिसरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.