विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
दुर्घटना दाङको लमही नगरपालिका–१, कौडियापुल स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान करिब ३ बजे भएको हो ।
डडेल्धुराबाट काठमाडौँतर्फ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट सिधै तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतले लोकपथलाई जानकारी दिए ।
प्रहरी निरीक्षक बस्नेतका अनुसार, बसमा कुल ३८ जना सवार थिए। वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पठाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा बसको ‘पट्टा’ लीफ स्प्रिङ० भाँचिएर नियन्त्रण बिग्रिएको पाइएको छ ।
प्रहरीले घटनास्थलको विस्तृत अनुसन्धान जारी राखेको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.