सहकारी ठगी प्रकरणः रवि लामिछाने आज छुट्ने

सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज शुक्रबार रिहा हुँदै हुनुहुन्छ । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासको आदेशअनुसार आवश्यक प्रक्रिया पूरा भएपछि उहाँ जेलमुक्त हुन लाग्नुभएको हो ।

हाल ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछानेलाई जिल्ला अदालत रुपन्देहीबाट कागजात प्राप्त भएपछि मात्रै औपचारिक रूपमा छुटाइने कारागार प्रशासनले जनाएको छ। रवि लामिछाने रिहा हुने खबर फैलिएसँगै बिहीबार नख्खु कारागार परिसरमा समर्थकहरूको उल्लेख्य भीड देखिएको थियो।

धरौटीसम्बन्धी पूर्जी लिनका लागि शुक्रबार भैरहवा पुग्नुपर्ने भएकाले सो प्रक्रिया पूरा भएपछि उहाँलाई औपचारिक रूपमा रिहा गरिनेछ। उच्च अदालतले दुई करोड ६८ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो।


+