विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
शनिबार बिहानैदेखि म्याग्दीको उच्च लेकाली क्षेत्रमा यो वर्षकै पहिलो हिमपात र हिउँदे वर्षा भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–१ गुर्जा, लुलाङ, अन्नपूर्णको प्रथम अन्नपूर्ण आधार शिविर, रघुगंगा ८ कुईनेमंगलेको उच्च क्षेत्रमा हिमताप भएको हो ।
आज बिहानैदेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको धवलागिरि गाउँपालिका २ लुलाङका शेरबहादुर विकले जानकारी दिनुभयो । लामो समयसम्म हिमपात र वर्षा नहुँदा चिन्तित बनेका यहाँका किसानहरु हिउँदे वर्षा र हिमपात भएपछि खुसी भएका छन् । लामो समय सम्म पनि वर्षा नहुँदा यहाँ गहुँबालीलगायतका हिउँदे बाली सुक्दै गएका थिए ।
“आज अलिअलि हिउँ र पानी परेको छ यसले सुक्न लागेको गहुँबाली राम्रो हुन्छ की भन्ने आशा पलाएको छ” रघुगंगा ८ कुइने मंगलेका अंकित पुनले भन्नुभयो । यो बर्षको पहिलो हिउँ परेको हो ।
अहिले म्याग्दीको जिल्लाको विभिन्न क्षेत्रमा हिमपात र बर्षा भैरहेको र उच्च क्षेत्रमा स्थानीयलाई सर्तकता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख सुर्य थापाले जानकारी दिनुभयो । यस्तै हिमाली जिल्ला मुस्ताङमा पनि यो बर्षको पहिलो हिमपात भैररहेको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.