विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
ललितपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कोञ्जोसोम गाउँपालिका(१ बाउनडाँडामा शुक्रबार राति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
प्रदेश–०१(००४ क ६२२८ नम्बरको ट्रक दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका(६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रकमा सवार करिब ४० र ५० वर्ष उमेरका अन्य दुई पुरुषलाई उपचारका लागि पाटन अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत हुन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.