विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
जेनजी २.० राष्ट्रिय अभियानले शहीदहरूको स्मृतिमा मौनधारण कार्यक्रम आयोजना गर्ने भएको छ ।
आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री ओमप्रकाश अर्याललाई माइतीघरमा हुने उक्त कार्यक्रममा निमन्त्रणा गरेको हो ।
उनीहरूले हालका राष्ट्रिय शैक्षिक स्वास्थ्य, ऊर्जा, युवासम्बन्धी मुद्दा तत्काल सम्बोधन गर्न पनि माग गरेका छन् ।
सरकारका प्रतिनिधिहरूको उपस्थितिले युवाहरूको मनोबल बढाउने, शहीदको सपनामा सरकारको प्रतिबद्धता झल्काउने उनीहरूको ठहर छ ।
कार्यक्रममा सरकारका सबै मन्त्रीहरूलाई बोलाउने कार्यक्रम रहेको अभियानले जनाएको छ । २३ गतेको घटनाका दोषीहरूलाई कारबाही हुनुपर्ने माग गरिएको उनीहरूले बताए ।
२३ गतेका अपराधीहरूलाई समातेपछि मात्रै २४ गतेको आगजनी, तोडफोड गर्नेहरूलाई समात्न आग्रह गरेको बताएका छन् । जेनजी नै अहिलेको सरकारको पर्खाल भएको उनीहरूको दाबी छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.