विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवारी दर्तापछि पहिलोपटक मधेश ओर्लिएका छन् ।
भावी प्रधानमन्त्रीको उम्मेदवार समेत घोषणा गरिएका गगन सोमबार पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रमा पुगेका हुन् ।
वारेसमार्फत् मनोनयन दर्ता गरेका गगनले यसअघि नै सर्लाही–४ का नेताहरुसँग काठमाडौंमा निरन्तर भेटघाट गरेका थिए ।
तर, आज उम्मेदवार बनेपछि बाराको सिमरा विमानस्थल पुग्दा ठूलो भीडभाड देखिएको थियो ।
सर्लाही, बारा लगायत तराईका जिल्लाबाट सभापति थापाको स्वागतका लागि ठूलो संख्यामा कांग्रेसका कार्यकर्ताहरु आएका हुन् ।
सर्लाहीमा जाने भएसँगै ‘अबकी बार गगन सरकार’ को नारा लगाउन थालिएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.