विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
सहकारी ठगी मुद्दामा जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग गरेको छ ।
मंगलबार जिल्ला अदालतका न्यायाधीश रुद्र सुवेदीको इजलासले सहकारी ठगी प्रकरणको मुद्दामा रविसँग १ करोड धरौटी माग गरेको हो ।
गत असार १ मा वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधमा पर्सामा मुद्दा दायर गरिएको थियो ।
उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
फागुन २१ को निर्वाचनका लागि मनोनयनका दिनमा नै जिल्ला अदालतले सो आदेश दिएको हो । लामिछानेले चितवन क्षेत्र नं २ बाट उम्मेदवारी दिएका छन् । गत निर्वाचनमा सोही क्षेत्रबाट जितेका लामिछानेले नागरिकता प्रकरणपछि पुनः सोही क्षेत्रबाट जितेका थिए ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.