सुन तोलामै ६ हजार ९०० ले वृद्धि, १ लाख ९७ हजार ९०० रुपैयाँ कायम

 नेपाली बजारमा छापावाल सुनको मूल्य मंगलबार एकै दिन ६ हजार ९०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजको लागि सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोमबार १ लाख ९१ हजार रुपैयाँ कायम भएको थियो । 

+