विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
जेन(जी आन्दोलनका क्रममा आगजनी भएपछि लामो समय बन्द रहेको चन्द्रागिरि केबलकार आजबाट सञ्चालनमा आउने भएको छ । केबलकारको मर्मत गरिएपछि मंसिर १५ गते सोमबारबाट केबलकार पुनः सञ्चालनमा आउन लागेको हो ।
गत भदौ २३ र २४ गते देशभर भएको जेन–जीको विरोध प्रदर्शनका क्रममा चन्द्रागिरि हिल्सको केबलकारमा पनि आगजनी र तोडफोड भएको थियो । प्रदर्शनकारीले केबुलकारको तार, गोन्डला सहित बेस स्टेसनमा आगजनी र तोडफोड गरी क्षति पुराएका थिए । त्यसपछि सुरुमा मर्मत गरेर कात्तिक २० गतेबाट सञ्चालन थालिएको थियो ।
तर पुनः सञ्चालनमा आएको दुई दिनमै केबलकारमा थप समस्या देखिएपछि सुरक्षाको कारण सेवा पुनः बन्द गरेर केबलकारका सम्पूर्ण तार फेरिएको थियो ।
चन्द्रागिरि केबलकारले अस्ट्रियाबाट नै प्राविधिक र उपकरणहरू ल्याएर केबलकारको सम्पूर्ण चेकजाँच र मर्मत गरी मंसिर १५ गतेबाट पुनः सञ्चालनमा ल्याएको हो ।
केबलकार सञ्चालनमा आएसँगै अब भालेश्वर महादेवको मन्दिर दर्शन र चन्द्रागिरि रिसोर्ट पनि सुचारु गरिएको कम्पनीले जनाएको छ ।
केबलकार पुनः सञ्चालनमा आएको दिन अर्थात् मंसिर १५ गते केबलकारको टिकटमा २५ प्रतिशतले छुट दिने कम्पनीले जनाएको छ ।
केबलकार बिहान ८ बजेबाट साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.