विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि तीन दिनसम्म रातिको समयमा बन्द हुने भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरलगायत क्षेत्रमा सडक स्तरोन्नति कार्य गर्नुपर्ने भएकाले आजदेखि १९ चैतसम्म हरेक रात ६ घण्टा सडक बन्द गरिने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै राति १० बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने जानकारी दिएको छ ।
पटक–पटक सवारी आवागमन अवरुद्ध हुँदा यात्रुहरूले असुविधा भोग्नुपरेको गुनासो बढेपछि आयोजनाले अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सबै सवारीसाधन रोक्ने निर्णय गरेको जनाएको छ ।

हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.