विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
दुबईमा ठूलो तेल ट्यांकरमाथि आक्रमण भएको छ । कुवेतको ‘अल–सल्मी’ नामको ट्यांकर दुबई बन्दरगाह नजिकै रहेको बेला ड्रोनमार्फत आक्रमण गरिएको हो । कुवेतको
सरकारी समाचार एजेन्सी ‘कुना’का अनुसार आक्रमणपछि ट्यांकरमा आगलागी भएको देखिएको छ र जहाजमा क्षति पुगेको छ । त्यतिबेला ट्यांकर कच्चा तेलले भरिएको थियो, जसले गर्दा समुद्रमा तेल चुहिने जोखिम बढेको छ ।
दुबईका आपतकालीन टोलीहरूले आगो निभाउने प्रयास गरिरहेको अधिकारीहरूले जनाएका छन् ।
यो घटना हाल खाडी क्षेत्रमा बढ्दो तनावसँग जोडिएको छ, जहाँ व्यापारिक जहाजहरूमा आक्रमणका घटना बढिरहेका छन् ।
यस घटनाको असर अन्तर्राष्ट्रिय बजारमा पनि परेको छ । अमेरिकी कच्चा तेलको मूल्य ९डब्ल्यूटीआई० ३।४ प्रतिशतले बढेर प्रति ब्यारेल १०६ डलरभन्दा माथि पुगेको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.