प्रेम र बदलाको कथामा ‘रावायण’को ट्रेलर

यही भदौ २१ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार एक्सनले भरिएको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

हिंसाको बाटो अपनाएको एक पात्रले प्रेमका लागि मच्चाएको वितण्ड र प्रेमको रक्षाका लागि अर्को पात्रले गरेको संघर्षलाई ट्रेलरले देखाउँछ । दोहोरो चरित्रमा देखिनुभएका अभिनेता पल शाह सशक्त एक्सन अवतारमा ट्रेलरमा प्रस्तुत हुनुभएको छ । अभिनेत्री पूजा शर्मा चलचित्रको ट्रेल्मा पत्रकारको भूमिकामा देखिनुभएको छ । ट्रेलरमा एक्सन दृश्यहरू सशक्त छन् ।

सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्रमा प्रमोद अग्रहरि, प्रकाश शाह, प्रदीप ढकाल, अर्जुनजंग शाही, कैलाश रावललगायतको पनि अभिनय छ । एक गीतमा अभिनेत्री नीकिता चाण्डकको नृत्य गर्नुभएको छ । ‘रावायण’मा शिवम् अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रेवन आरती सिंह र निरज सिंहको संगीत तथा श्री श्रेष्ठको द्वन्द्व छ ।

+