विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
साताको पहिलो कारोबार दिन धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा उच्च अंकको गिरावट आएको छ ।
पछिल्ला दिनहरुमा उछाल आइरहेको सेयर बजारमा आज ७९ दशमलव ८८ अंकको गिरावट आएको नेप्सेले जनाएको छ ।
नेप्सेमा २ दशमलव ६८ प्रतिशतले गिरावट आउँदा बजार परिसूचक २ हजार ८ सय ९४ दशमलव ५७ बिन्दुमा झरेको छ ।
त्यस्तै आज कुल ४२ करोड, ६८ लाख ६ हजार ६ सय ४० कित्ता शेयर १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८ सय मा कारोबार भएको नेप्सेले जनाएको छ ।
आज लघुवित्त समूहका लगानीकर्ताहरुले धेरै आर्जन गर्न सफल भएका छन् ।
आज कारोबारमा आएकामध्ये विन लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त, आत्मनिर्भर लघुवित्त, थ्री स्टार हाइड्रोपावर लगायतका शेयर लगानीकर्ताहरुले धेरै कमाएका छन् । भने मन्दाकिनी हाइड्रोपावर, कुथेली साना जलविद्युत कम्पनी लगायतका लगानीकर्ताहरुले उच्च रकम गुमाएका छन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.